Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिद्धिचरणका मेयरद्धारा सपथ खाएको १५ घण्टा नवित्दै विकास निर्माणको काम सुरु

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्यौपाने/असार २१, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् ।

मंगलबार सपथ ग्रहण गरेका मेयर सहितका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेको भोलिपल्ट बाटै विकास निर्माणको काम सुरु गरेका हुन् । ओखढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर र उपमेयरले बुधबार बिहानै नगरपालिका क्षेत्र भित्रै भ्यूटावर शिलान्याश गरेर कार्य प्रारम्भ गर्नुभएको छ । मेयर मोहनकुमार श्रेष्ठ र उपमेयर इच्छाकुमारी गुरुङले नवनिर्वाचत वडाका पदाधिकारी र सांसदहरु यज्ञराज सुनुवार सकुन्तला राजभण्डारी सहितको सहभागितामा भ्यूटावर शिलान्यास गर्नुभएको हो ।

भ्यूटावरको शिलान्यास गर्दै नगरपालिकाका मेयर श्रेष्ठले एक वर्षमा टावर निर्माण सकिने गरी काम हुने प्रतिबद्धता जनाउनुभयो । सदरमुकाम नजिकै रहेको करिब २२ सय मिटरको उचाइमा अवस्थित लगलगेबाट देशका विभिन्न स्थान र हिमश्रृङ्खला अवलोकन गर्न सकिने जनाईएको छ ।

लगलगेमा टावर निर्माण भएपछि सल्लेरीमा होमस्टे र सगरमाथा जाने पदमार्ग बनाउने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सिद्धिचरण नगरलाई देशकै समृद्ध नगर बनाउने आफ्नो लक्ष्य रहेको मेयर श्रेष्ठको भनाई छ । लगलगेमा हाइकिङको समेत संभावना रहेकाले संभाव्यता अध्ययन गर्न लगलगे पुगेका संचारकर्मीहरुले मेयर श्रेष्ठलाई सुझाव दिएका छन् ।

यसैबिच सांसद यज्ञराज सुनुवारले पर्टकनको प्रबल सम्भावना भएकाले ओखलढुंगामा पर्यटन प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । भ्यूटावर शिलान्याश पछि सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै सांसद सुनुवारले आफु निर्वाचित भएपछि पर्यटनका क्षेत्रमा अध्ययन गरेर योजनाहरु अघिसारेको स्मरण गर्दै अब जनप्रतिनिधिहरुले त्यसलाई निरञ्तरता दिनुपर्ने बताउनुभयो ।

लगलगेमा भ्यूटावर र सदरमुकाममा श्रष्टापार्क निर्माण पछि  पर्यटक भित्राउन सकिने उहाँको भनाई छ । जिल्लाका सबै पालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि पुर्वाधार निर्माण र आवश्यक प्रचारप्रसार नहुँदा पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।