Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मन्त्रालयलाई हर्क साम्पाङको पत्र- प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुपर्‍यो

२०८१, २३ मंसिर आईतवार १७:४९

काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत सिघ्र पठाइदिन माग गरेका छन् । पत्रमा ठाडो र बोलिचालीको भाषा शैली प्रयोग गरिएको छ ।

पत्रमा साम्पाङले लेखेका छन्, ‘उपयुक्त सम्वन्धमा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला रु यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौन तुरुन्त पठाइदिनुपर्यो ।’

पत्रमा थप भनिएको छ, ‘धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन अनुरोध छ ।’

धरानमा प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि खाली छ । गत असारबाट प्रशासकीय अधिकृतका रुपमा भुपेन्द्र राई काजमा आएका थिए । उनी करिब दुई साता अगाडि फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी