काठमाडौँ | नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने यथावत् रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।