९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

बालिका बलात्कारका आरोपी पूर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति

२५ मंसिर २०८१, मंगलवार १७:२८

काठमाडौँ | बालिका बलात्कारको आरोपमा पक्राउ परेका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको जानकारी दिए।

आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो।

ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।

ती बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई पढाइदिने शर्तमा घरको काम गर्न शिवाकोटीले राखेका थिए।

शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता