२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति

२७ मंसिर २०८१, बिहीबार १३:४८

काठमाडौँ | एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, अहिले उनको कूल सम्पत्ति करिब ४४० अर्ब डलर (३४५ अर्ब पाउन्ड) पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कूल सम्पत्ति भन्दा पनि धेरै हो ।

डोनल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि मस्कको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । चुनावी अभियानका क्रममा मस्कले ट्रम्पलाई राजनीतिक समर्थनका साथै चन्दा समेत दिएका थिए । ट्रम्पले आउँदो जनवरीमा सत्ता सम्हालेपछि मस्कको प्रभाव झन् बढ्ने अपेक्षा गरिएको छ।

मस्क टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यो कम्पनीको शेयर ट्रम्पको जीतपछि करिब ६५ प्रतिशतले बढेको छ । ट्रम्पले अन्य प्रतिस्पर्धी कम्पनीलाई उपलब्ध गराइएका कर प्रोत्साहन (Tax Credit) हटाउने अनुमानले टेस्लाको शेयरमा उल्लेखनीय वृद्धि भएको बताइन्छ ।

बुधबार टेस्लाको शेयर मूल्य पुनः रेकर्ड ब्रेकिङ स्तरमा वृद्धि भएर ४२० अमेरिकी डल पुगेको छ । उक्त कम्पनीमा रहेको मस्कको १२.८ प्रतिशत शेयरको मूल्य मात्र करिब १७२ अर्ब बराबर छ ।

यसै साता, लगानीकर्ताले मस्कको रकेट तथा भू-उपग्रह कम्पनी स्पेसएक्समा १.२५ अर्ब अमेरिकी डलरको शेयर किनेका छन् । यसले स्पेसएक्सलाई ३५० अर्ब अमेरिकी डलरको मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप बनाएको छ ।

दुई वर्षअघि मस्कको सम्पत्ति १३७ अर्बमा झरेको थियो । तर, हालको वृद्धिले उनलाई विश्वकै सबैभन्दा धनी व्यक्ति बनाएको छ। मस्कको सम्पत्तिको मुख्य स्रोत टेस्ला, स्पेसएक्स र अन्य प्रविधि कम्पनीहरू हुन् । उनले आर्थिक र सरकारी क्षेत्रमा पनि प्रभावशाली भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ