काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पाचौं गुमाएको छ।
पाचौं विकेटका रुपमा लुम्बिनीका बेन कटिङ १ रनमा आउट भएका हुन् । उनि विपिन प्रसाद शर्माको बलमाआउट भएका हुन्। हाल लुम्बिनीले १५ औं ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।
यसअघी सन्दीप जोरा,आशुतोस घिरैया, अर्जुन साउद र रोहित पौडेल आउट भएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले जितका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित २० ओभरमा कर्णालीले ८ विकेट गुमाएर १ सय २८ रन बनाएको हो।