काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्सबिरुद्ध चितवन राइनोजले चौथों विकेट गुमाएको छ।
चौथो विकेटको रुपमा चितवनका बासिल हमिद १ रनमा आउट भएका हुन्। उनलाई सन्दिप लामिछानेले आउट गरेका हुन्। हाल चितवनले ११ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ।
यसअघी चितवनका रवि बोपारा सुवास भण्डारीको बलमा, सन्तोष कार्की सन्दीप लामिछानेको बलमा ,हसन एइसाखिल बसिर अहमदको बलमा आउट भएका थिए।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो।