Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यु १९ महिला एसिया कप: टस हारेर पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | मलेसियामा जारी रहेको यु १९ महिला एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ ।

पाकिस्तानकी कप्तान किन्नारा ओभरलले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

पहिलो पटक आयोजना भइरहेको एसिया कपमा नेपालले दोस्रो खेल भारतसँग मंगलवार खेल्नेछ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।