2026-07-25 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला यू-१९ एसिया कप: नेपालसँग पाकिस्तान ६ विकेटले पराजित, इतिहास रच्दै नेपाल सुपर ४ मा

काठमाडौँ | मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको छ । कुनै पनि नेपाली क्रिकेट टोलीले टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा अझै एक खेल खेल्नै बाँकी छ । बाँकी एउटा खेल नेपालले भोलि भारतविरुद्ध खेल्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूहका शीर्ष २ टोली सुपर ४ चरणमा जान्छन् । नेपाल भएको समूहमा भारत र पाकिस्तान छन् । पाकिस्तानले भारतसँग पनि हारिसकेको हुँदा उसको अंक शुन्य छ । अब नेपालले भोलि भारतसँग हारे पनि सुपर ४ को यात्रा तय गर्नेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । सोनी पाख्रिनले १३, सिमाना केसीले १२, सना प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि करातुलिन र फतिमा खानले १–१ विकेट लिए ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३५ रन बनाइन् । महम अनीसले २९, राविल फरहानले १३ र कप्तान जुफिशाँ अयाजले १२ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक