2026-09-12 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ | प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी सहकारीमा रकम अपचलनको आरोपमा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियोग दायर भएको थियो। अदालतले कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी गरेको हो। अभियोग पत्रमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।

उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहितका व्यक्तिहरूले सदस्यहरूको कागजात प्रयोग गरी बैंकबाट ऋण लिएका तर सो रकम सहकारीमा दाखिला नगरी व्यक्तिगत रूपमा प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सहकारीका पूर्व उपाध्यक्ष रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष संतलाल खवास लगायत केही प्रतिवादी फरार रहेका छन्। कोइराला भने २०७८ सालमा सहकारीबाट राजीनामा दिएपनि उनीमाथि ऋण नतिरेको आरोप छ।

मंसिर २८ गते, सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। फरार प्रतिवादीको खोजीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र पठाइएको छ।

सहकारीले महिलाहरूका लागि उद्यमशील कर्जाका नाममा रकम उठाएर अनियमितता गरेपछि करिब डेढ वर्षदेखि कार्यालय बन्द छ। पीडित २० जनाले उजुरी दिएका छन्।

ऋण नतिरेका कारण अञ्जला कोइरालालाई आरएसडिसी लघुवित्तले कालोसूचीमा राखेको थियो। कालोसूची हटाउन उच्च अदालत विराटनगरमा दायर मुद्दा हाल विचाराधीन छ।

अदालतले प्रतिवादीहरूबाट २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस