2026-09-19 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो

काठमाडौँ | साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६ अंकले घटेर दुई हजार ६२८.२६ बिन्दुमा बजार बन्द भएको छ ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.५३, फ्लट इन्डेक्स ०.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.४२ अंकले घटेको छ भने १३ उपसमूहमध्ये विकास बैंक, लघुवित्त र व्यापारबाहेक सबै उपसमूहको शेयर घटेको छ ।

आज कारोबारमा आएका २४४ मध्ये १४९ कम्पनीको शेयरमूल्य घट्दा ८१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बाँकी १२ कम्पनको शेयर स्थिर छ ।

घटेको बजारमा उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा भने सर्किट लागेको छ भने कुथेली बुखेली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९० प्रतिशतले गुमाएका छन् ।

कारोबार रकम निरन्तर घट्दो छ । बुधबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएकोमा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो