2026-09-27 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ प्रिमियरको भागदौडमा मारिएकी महिलाका ९ वर्षीय छोराको अवस्था गम्भीर

काठमाडौँ | दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को स्पेसल स्क्रिनिङमा भागदौडमा घाइते भएका बालक अझै भेन्टिलेटरमा छन्।

यही डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियरमा मच्चिएको भागदौडमा च्यापिएर ३५ वर्षीया रेवती नामकी महिलाको मृत्यु भएको थियो भने उनका ९ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीतेजको अवस्था अझै नाजुक छ र भेन्टिलेटर सपोर्टमा राखिएको छ। किम्स कडल्स हस्पिटलले श्रीतेजको स्वास्थ्यबारे नयाँ अपडेट सार्वजनिक गरेको छ।

अस्पतालका अनुसार श्रीतेज अझै पेडियाट्रिक आईसीयूमा छन् र अझै ‘मेकानिकल भेन्टिलेसन’ आवश्यक छ। उनको शरीरमा न्युरोलोजिकल प्रतिक्रिया नहुँदा घाँटीमा श्वासप्रश्वासको नली हाल्न शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

उक्त प्रकरणमा गत शुक्रबार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको थियो। तर उच्च अदालत तेलंगनाको आदेशमा उनी धरौटीमा शनिबार बिहान रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह