2026-07-25 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्तान पूजाले दिलाइन् नेपाललाई पहिलो ‌ओभरमै सफलता, पानी परेर रोकियो खेल

काठमाडौँ | एसीसी यु१९ महिला एसिया कपको सुपर फोरमा नेपालले पहिलो सफलता हात पारेको छ।

टस जितेर पहिला बलिङ रोजेकी नेपालकी कप्तान पूजा महतोले टिमलाई पहिलो सफलता दिलाएकी हुन्।

पहिलो ओभरको पाँचौं बलमा कप्तान महतोले श्रीलंकाकी ओपनर हिरुनी हन्सिकालाई विकेटकिपर अलिसा कुमारी यादवबाट क्याचआउट गराएकी हुन्।

त्यसपछि क्रिजमा आएकी लिमान्सा थिलकरत्नेले पहिलो ‌ओभरको अन्तिम बल फेस गरिन्।

पहिलो ओभर सकिनेबित्तिकै पानी परेपछि अहिले खेल स्थगित भएको छ।

समूह चरणको खेलमा बंगलादेशसँग पराजित भएको श्रीलंकाले मलेसियालाई पराजित गरेर सुपर फाेरमा स्थान बनाएको हो।

एक खेल अगाडि नै सुपर फोरमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो। वर्षाले खेल प्रभावित भएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन्।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेट रनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर फोरमा पुगेका हुन्।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्।

सुपर फोरको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ