२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीविरुद्ध जनकपुरको कमजोर ब्याटिङ, १० औं ओभरमा जोड्यो मात्र ४१ रन

४ पुष २०८१, बिहीबार १५:१०

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले कमजोर ब्याटिङ गरिरहेको छ।

कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १० औं ओभरमा ४ विकेट गुमाएर ४१ रन बनाएर खेलिरहेको छ।
जनकपुर बोल्ट्सका लागि चौथों विकेटका रुपमा आकाश त्रिपाठी जिसन मक्सुदको बलमा आउट भएका हुन् ।

जनकपुर बोल्ट्सका ओपनर शुभ कंसाकार ६ बलमा ३ रन बनाउँदा विपिन शर्माको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। अर्का ओपनर तथा कप्तान आशिफ शेख ४ रन बनाउँदा सोमपाल कामीको बलमा नन्दन यादवको हातबाट क्याच आउट नै हुन पुगे।

लाहिरु मिलान्था २ रनमा विलियम बसिस्टोको बलमा यादव कै हातबाट आउट हुन पुगे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ