२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका बलर विपिन शर्मा भन्छन्: न्युन लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो

४ पुष २०८१, बिहीबार १८:०७

काठमाडौँ | कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्युन योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन्।

जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले पिचमा ब्याटिङ गर्न सहज नरहेको उल्लेख गर्दै ११९ रनको लक्ष्य रक्षा गर्ने उद्देश्यका साथ खेलेको बताएका हुन्।

आफ्नो टिमलाई जस्तै जनकपुरलाई पनि ब्याटरलाई ब्याटिङ गर्न सहज नहुने भएकाले त्यहीअनुरूप खेलेको उनको भनाइ छ। यद्यपि, उनले त्यो पिच १३० रनसम्मको लक्ष्य राम्रो हुन सक्ने पनि उल्लेख गरे। केही दिन अगाडि निसामसँगको भेटमा उनलाई आउट गर्ने अठोट व्यक्त गरेको उनको भनाइ छ। उनलाई आउट गर्न सफल हुँदा धेरै खुसी रहेको उनी बताउँछन्।

विपिनले अहिले नै आफूलाई धेरै चर्चामा नल्याउन पनि आग्रह गरेका छन्। धेरै खेलाडीहरू छिटै चर्चामा आएर हराउने गरेकाले आफू त्यो बन्न नचाहने उनको भनाइ छ। प्रक्रियागत रूपमा १÷१ पाइला अगाडि बढ्ने विपिनको योजना छ। उनले एनपिएल जस्तो ठूलो स्टेजमा खेल्ने अवसर पाउनु नै आफ्नो लागि महत्वपूर्ण रहेको बताए। आफू कर्णाली क्रिकेट एकेडेमीमा सिक्ने गरेको र त्यहाँका प्रशिक्षकसँगै कर्णाली प्रदेशका कप्तान रविन्द्रजंग शाहीले यहाँसम्म आइपुग्न मद्दत गरेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ