खकेन्द्र केसी/असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको छ, भने २८ जना भन्दा बढि घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालीका ४ का ५२ बर्षीया रातो खड्का र रुकुम मुरुका २५ बर्षीया मन बहादुर वि.क. रहेका छन् ।
दाङ घोराहिबाट रुकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस आइतबार विहान साढे ९ बजेतिर जिल्लाको त्रिवेणि गाउँपालिका वडा नम्बर ५ स्थीत टुनिबोट र सल्लेखोलाको विच भाग पल्टीएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
सल्यानको श्रीनगरबाट दाङ तर्फ जाँदै गरेको जीपलाई साइड दिने क्रमममा घुमाउरो सडक भएका कारण गाडी पल्टीएर सडकबाट करिब ८० देखि ९० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता प्रहरी निरिक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।
१- सल्यान दार्मा गाउँपालिका ६ का कमल रोकाय
२- रोल्पा थवाङका कुमार परियार
३- सल्यान कपुरकोट गाउँपालिका १ का मानसिंह घर्ती
४- सल्यान त्रिवेणीगाउँपालिका ५ की गौरी कुमारी रावत
५- दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ९ का गंगा के.सी.
६- रुकुम खारा ३ का खुम बहादुर खड्का
७- रुकुम पेउघा ७का कृष्ण खड्का
८- सल्यान ढोरचौर गाउँपालिकाका राहुल वि.क.
९- रुकुम राङसी ७ की अस्मिता वि.क.
१०- रुकुम त्रिवेणी ६ का किरण सुनार
११- रुकुम त्रिवेणी ४ की लालसरा खड्का
१२-रुकुम त्रिवेणी ४ की दुर्गा खड्का
१३- रुकुम त्रिवेणी ५ की याम कुमारी वली
१४-रुकुम त्रिवेणीकि दिपा वली
१५- रुकुम आठविसकोट नगरपालिका ६ का निराजन खड्का
१६- वाके रांझाका रेशम प्रसाद दाहाल
१७- रुकुम खारा ३ का मोहन वि.क.
१८- रोल्पा पाखापानी ३ का मस्त बहादुर खड्का
१९- धनगढी कैलालीका गौरवसिंह
२०- सल्यान कारागिठीका लाल बहादुर खड्का
२१- रुकुम त्रिवेणी ५ का पर्शुराम वली
२२- रुकुम मुरु ३ का खिमराज सुनार
२३- दाङ घोराही उपमहानगरपालिका १७ का चुडामणी खत्री
२४- रुकुम मुसिकोट नगरपालिका ६ का एक बहादुर के.सी.
२५- सल्यान त्रिवेणी ७ की भुमा के.सी.
२६- सल्यान त्रिवेणी १ का पोख्रेल सिंह डांगी
२७- सल्यान त्रिवेणी ३का टिकाराम रोकाय
२८- रुकुम खारा १ का टेक बहादुर सुनार
२९- दाङ घोराही उपमहानगरपालिक १६ का भरत श्रेष्ठ