२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत क्षेत्रमा बजेटको अभाव छः निर्देशक घिसिङ

५ पुष २०८१, शुक्रबार १५:०१

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्यत क्षेत्रमा बजेटको अभाव भएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले धेरै पूर्वाधारहरु बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरु बनाउनुपर्नेछ । अर्थमन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन। तर यसमा राज्यले बढि हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ, यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनहरूका लागि वैदेशिक लगानी चहिन्छ ।’

यसैगरी, घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताए । उनले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ । उनले भने, ‘नेपालमा नकारात्मक कुराहरुको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुँने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ ।’

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ