2026-09-19 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङविरुद्ध यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालको ‘क्लिन स्विप’, आज १३० रनले जित्यो

काठमाडौँ | हङकङविरुद्धको यू–१९ एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ । शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा हङकङलाई १३० रनले हराउँदै सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

तेस्रो खेलमा नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनायो । उसका लागि प्रित मांगुकियालेले अविजित ५५ रन बनाए ।

बाँकी ब्याटरले ठूलो पारी खेल्न सकेनन् । नेपालका लागि अभिषेक तिवारी र आफुदिन रैनले दुई/दुई तथा सन्तोष यादव, दीपक सेरेला र राजेश बोहराले एक/एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल यू–१९ टिम ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भयो ।

नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ९६ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ६० रन बनाए ।

यस्तै, अभिषेकले ४१ बलमा चार चौका र दुई छक्कासहित ५६ रनको इनिङ खेले । त्यस्तै, सन्तोषले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । उनी रनआउट भए ।

यस्तै, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए । हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई÷दुई विकेट लिए ।

नेपालले पहिलो खेल तीन विकेट र दोस्रो खेल २२६ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई