काठमाडौँ | आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै सुन तोलामा एक लाख ४९ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १७९५ मा कारोबार भएको थियो ।