Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालकोटमा बाबु–छोराको हत्या: पक्राउ परे जेठा छोरा मिलन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

मिलन कुलप्रसादका जेठा छोरा हुन्। २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ।

मिलन भक्तपुरमा बसेर लोकसेवाको तयारी गरिरहेका थिए भने मृतक कान्छा छोरा प्रवीण विज्ञान संकायमा स्नातक पढिरहेका थिए। बाबु कुलप्रसाल जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नायब सुब्बा) पनि हुन्।

भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको र त्यसमा मिलन संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो।