२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक?

९ पुष २०८१, मंगलवार १५:४५

काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले आगामी सिजन युएईको इन्टरनेसनल लिग टी-२० (आईएलटी-२०) मा डेब्यू गर्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेको स्थानमा अनुबन्ध गरेको हो ।

मल्लको सम्झौता रकम सार्वजनिक नगरिए पनि यो लिगका खेलाडीको न्यूनतम पारिश्रमिक २० हजार डलर (२७ लाख २४ हजार नेपाली रुपैयाँ) रहेको जनाइएको छ ।

मल्लले सन् २०२० मा १५ वर्षको उमेरमै अमेरिका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा उनले ४७ खेलमा एक शतक र चार अर्धशतकसहित ९१७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्सको टोलीमा अन्तर्राष्ट्रिय स्टारहरू एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, साम कुरानलगायत खेलाडी छन् । भाइपर्सले आफ्नो पहिलो खेल आगामी १२ जनवरीमा अबुधाबी नाइट राइडर्ससँग जायेद क्रिकेट स्टेडियममा खेल्नेछ।

कुशल मल्ल मात्र नभई नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि यस लिगसँग आबद्ध छन् । ऐरीले गत सिजन गल्फ जायन्टका लागि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ