2026-07-26 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक?

काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले आगामी सिजन युएईको इन्टरनेसनल लिग टी-२० (आईएलटी-२०) मा डेब्यू गर्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेको स्थानमा अनुबन्ध गरेको हो ।

मल्लको सम्झौता रकम सार्वजनिक नगरिए पनि यो लिगका खेलाडीको न्यूनतम पारिश्रमिक २० हजार डलर (२७ लाख २४ हजार नेपाली रुपैयाँ) रहेको जनाइएको छ ।

मल्लले सन् २०२० मा १५ वर्षको उमेरमै अमेरिका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा उनले ४७ खेलमा एक शतक र चार अर्धशतकसहित ९१७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्सको टोलीमा अन्तर्राष्ट्रिय स्टारहरू एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, साम कुरानलगायत खेलाडी छन् । भाइपर्सले आफ्नो पहिलो खेल आगामी १२ जनवरीमा अबुधाबी नाइट राइडर्ससँग जायेद क्रिकेट स्टेडियममा खेल्नेछ।

कुशल मल्ल मात्र नभई नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि यस लिगसँग आबद्ध छन् । ऐरीले गत सिजन गल्फ जायन्टका लागि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ