२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान

११ पुष २०८१, बिहीबार १६:४३

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ।

हालै सम्पन्न भएको एनपीएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी भएका थिए। वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएको् हो।

वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए।

‘दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा दुवै खेलाडीले अझ ठूलो सफलता होस् भन्ने शुभकामना दिन चाहान्छु। वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु।’

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए। त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो