2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ।

हालै सम्पन्न भएको एनपीएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी भएका थिए। वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएको् हो।

वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए।

‘दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा दुवै खेलाडीले अझ ठूलो सफलता होस् भन्ने शुभकामना दिन चाहान्छु। वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु।’

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए। त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई