२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुद संघलाई कारबाही गर्दैछु, हस्तक्षेप नहोस्: मन्त्री चौधरी

१४ पुष २०८१, आईतवार १७:२९

काठमाडौँ | युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिला खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भएपनि केी वर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाए।

मन्त्री चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए। आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने बताए। कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी समेत दिए।

खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ। अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताए।

मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएको जानकारी दिए। केही दिनभित्र खेलकुद संघलाई कारबाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शिर्ष नेताहरूलाई आग्रह गरे।

मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए। उनले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गरे। उनले विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा नरहेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो