२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङका व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको शव फेला

२८ असार २०७४, बुधबार ०४:४५


खकेन्द्र केसी/असार २८, सल्यान । तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ । 

सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा बुधबार विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ । 

जिल्ला प्रहरी सल्यानको आदेश अनुसार प्रहरी र केहि स्थानीय त्यहा पुग्दा ढुङगाको विच भागमा शब फेला परेको छ । राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहाले बताएका छन् 

शबलाई  अहिले नछुने आदेश आएपछि उनिहरुले शवलाई छोएका भने छैनन् । राजकुमार श्रष्ठको हत्याको आरोपमा पक्राउ परेका हरुले दिएको बयान अनुसार रणबहादुरको हत्या गरेर राजकुमारको शब भन्दा करीब दुई सय मिटर टाढा राखेको अधारमा जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरीलाई पठाएको थियो । 

अहिले घटनास्थलमा पोखरीडाँडाबाट २ जना प्रहरी र ६० जना भन्दा धेरै स्थानीय पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि श्याम बहादुर खत्रि सहितको टोली त्यस तर्फ जाँदै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य