२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने

१६ पुष २०८१, मंगलवार १३:३०

काठमाडौँ | भारत र श्रीलंकामा २०२६ मा आयोजना हुने टि ट्वान्टी विश्व कपमा छनोट हुनका लागि नेपालले अर्को वर्ष अक्टोबरमा हुने एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरण पार गर्नुपर्ने भएको छ ।

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा रहने टोली भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा पुग्ने भएका हुन् । ओमानमा हुने छनोटमा एसिया र इस्ट एसिया प्यासेफिकका गरी जम्मा ९ देशको सहभागिता रहनेछ । स्वभाविक रुपमा नेपालसहित सबै टोलीको लक्ष्य शीर्ष ३ भित्र पर्नु रहनेछ।

इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पिएनजी विश्व कपमा छनोट भएको थियो । तर, यस पटक आइसिसीले एसिया र इस्ट एसिया प्यासेफिक क्षेत्रको संयुक्त छनोट गराउने र ३ देश विश्व कपका लागि अघि जाने निर्णय लिएको थियो ।

आइसिसीले अहिलेसम्म छनोट खेल समूह विभाजनबाट वा राउण्ड रोविन लिगका आधारमा गर्ने तय गरिसकेको छैन । फर्म्याट जस्तो भएपनि विश्व कप पुग्नका लागि ९ टोलीमध्ये शीर्ष ३ भित्र पर्न आवश्यक छ।

अघिल्लो संस्करणबाट सुरु भएको महादेशको क्षेत्रीय छनोटमा नेपाल र ओमानले एसिया छनोट पार गर्दै विश्व कप खेलेका थिए ।

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट खेल्ने ९ देश यसरी छानिएका थिए:

यो क्षेत्रबाट २०२४ को टि ट्वान्टी विश्व कप खेलेका ३ देश सिधै छनोट – नेपाल, ओमान र पपुवा न्यु गिनी(पिएनजी)
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘ए’ बाट आएको १ देश – समोआ
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘बी’ बाट आएको १ देश – जापान
एसिया उपक्षत्रिय छनोट ‘ए’ बाट आएको २ देश – कुवेत र मलेसिया
एसिया उपक्षत्रिय छनोट ‘बी’ बाट आएको २ देश – युएई र कतार

नेपालले पहिलो पटक बंगलादेशमा सन् २०१४ भएको टि ट्वान्टी विश्व कपमा सहभागिता जनाएको थियो । त्यसपछि टि ट्वान्टी विश्व कप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो । अमेरिका र वेस्ट इण्डिजमा यसै वर्ष भएको टि ट्वान्टी विश्वकप नेपाल खेलेको थियो । यद्दपी नेपाल समूह‌ चरणबाट अघि बढ्न सकेन। एक दिवसिय विश्व कपका लागि अहिलेसम्म छनोट हुन नसकेको नेपालको टि ट्वान्टी छनोटमा भने बलियो सम्भावना रहेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ