२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो

२०८१, १७ पुष बुधबार १५:३७

काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा नाजुक देखिएको छ । आईसीसीले ३१ डिसेम्बरमा सार्वजनिक गरेको वरीयतामा सबै नेपाली खेलाडीको वरीयता खस्किएको छ । आईसीसीले टी२०आई वरीयता र टेस्ट वरीयता मात्र अपडेट गरेको छ । नेपालले टेस्ट नखेल्ने भएकाले नेपाली खेलाडी टेस्ट वरीयतामा छैनन् भने ओडीआई वरीयता आईसीसीले अपडेट गरेको छैन ।

टी२०आई वरीयतामा नेपाली खेलाडी सबैभन्दा उच्च स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । उनी गत असोजयता लगातार अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा यथावत छन् । आईसीसीको पछिल्लो अपेडटमा पनि उनी दोस्रो स्थानमा यथावत छन् । यो क्याटागोरीमा भारतका हार्दिक पंड्या शीर्ष स्थानमा छन् ।

दोस्रो स्थानमा ऐरी र तेस्रो स्थानका इंग्यल्यान्डका लियम लिभिङ्ग्सटनको रेटिङ प्वाइन्ट एक मात्र फरक छ । यो क्याटागोरीमा नेपालका ६ जना खेलाडी टप सयभित्र छन् । तर, सबैको वरीयता खस्किएको छ । गुल्सन झा एक स्थान खस्किएर ३५ औँ स्थानमा पुगेका छन् । कुशल मल्ल एक स्थान खस्केर ४७ औँ, कुशल भुर्तेल ५४ औँमा यथावत, रोहित पौडेल एक स्थान खस्केर ५७ औँ र करण केसी ७५ औँमा यथावत छन् ।

यस्तै ब्याटिङतर्फ पनि नेपाली खेलाडीको वरीयता खस्किएको छ । दीपेन्द्रसिंह ऐरी १ स्थान खस्केर ५१ औँ, रोहित पौडेल ६० मा यथावत, आसिफ शेखर ६९ मा यथावत, कुशल भुर्तेल दुई स्थान सुधारपछि १०० मा आएका छन् । ब्याटिङतर्फ टप सयभित्र ४ जना मात्र ब्याटर छन् ।

यस्तै बलिङतर्फ नेपाली खेलाडीको अवस्था झन दयनीय छ । टप सयभित्र नेपालका मात्र दुई जना खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी २ स्थान खस्केर ६२ औँ र सोमपाल कामी एक स्थान खस्केर ८९ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी