२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन?

२०८१, १९ पुष शुक्रबार १८:०७

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आइतबारदेखि सुरु हुन लागेको जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा ४ टिम सहभागी छन् ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश) सहभागी हुनेछन् ।

लामो समयपछि भएको लङफर्म प्रतियोगिता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित धेरै खेलाडी गुमाउनेछन् । यस्तै बागमती, मधेश, त्रिभुवन आर्मी र पुलिस क्लबबाहेक अन्य टोलीबाट प्रधानमन्त्री कप खेलेका खेलाडीले पनि एलिट कप गुमाउने छन् ।

रोहितसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, आसिफ शेखसहितका खेलाडीले एलिट कप गुमाउने छन् । रोहित, आसिफले गत फेब्रुअरीमा भएको प्रधानमन्त्री सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका थिए । एपीएफ शीर्ष चारमा पर्न नसक्दा रोहित, आसिफ, सन्दीप जोरा, अभिनास बोहरा, लोकश बमसहितका खेलाडीले एलिट कप गुमाउनेछन् । शीर्ष चारमा परेका टोलीले एलिट कप खेल्नेछन् ।

प्रधानमन्त्री कपको उपाधि जितेका दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी) खेल्ने युएई जानुपर्ने भएकाले उनले एलिट कप गुमाउनेछन् । उनी आईटीएल गल्फ जायन्ट्सबाट खेल्दै छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) लाई उपाधि जिताएका मधेशका कप्तान अनिलकुमार शाहले पनि एनपीएल गुमाउनेछन् । एनपीएलका क्रममा घाइते भएसँगै उनले प्लेअफका खेल गुमाएका थिए । तत्कालै रिकभर हुने नदेखेपछि मधेशले अनिललाई बाहिर राख्दै एलिट कप खेल्ने टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना