२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार

२०८१, २३ पुष मंगलवार १४:३६

काठमाडौँ | सरकारले गत कात्तिक महिनामा काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ ।

गत मंगसिर २८ गते मन्त्रिपरिषदको निर्णय अनुसार साफ महिला फुटबल च्याम्पियनशिपमा दोस्रो स्थान हासिल गरेको नेपाली खेलाडीलाई आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक कार्यक्रमको अयोजना गर्दै पुरस्कार प्रदान गरेका हुन् ।

खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो भने मुख्य प्रशिक्षक राजेन्द्र तामांगलाइ २ लाख र सहायक प्रशिक्षकहरुलाइ जनही ६० हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै व्यवस्थापक वृन्दा देवान र फिजियो नविना श्रेष्ठले जनही एक लाख १२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २०औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार पाएका छन् ।

एरिका गुरुङ ६ लाख रुपैयाँ पाउँदा मुख्य प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार पाएका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जितेका कमला पुन र मनिषा कुमारी चौधरीले पाँच लाख पाए । कास्य पदक जितेका मान बाहादुर श्रेष्ठले र दिलिप बहादुर सुनुवारले ३ लाख रुपैयाँ पाए । यता दुबै टोलिका प्रशिक्षक रहेकारुपेश कुमार बिष्ट ३ लाख रुपैयाँ पाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना