२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार

२३ पुष २०८१, मंगलवार १४:३६

काठमाडौँ | सरकारले गत कात्तिक महिनामा काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ ।

गत मंगसिर २८ गते मन्त्रिपरिषदको निर्णय अनुसार साफ महिला फुटबल च्याम्पियनशिपमा दोस्रो स्थान हासिल गरेको नेपाली खेलाडीलाई आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक कार्यक्रमको अयोजना गर्दै पुरस्कार प्रदान गरेका हुन् ।

खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो भने मुख्य प्रशिक्षक राजेन्द्र तामांगलाइ २ लाख र सहायक प्रशिक्षकहरुलाइ जनही ६० हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै व्यवस्थापक वृन्दा देवान र फिजियो नविना श्रेष्ठले जनही एक लाख १२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २०औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार पाएका छन् ।

एरिका गुरुङ ६ लाख रुपैयाँ पाउँदा मुख्य प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार पाएका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जितेका कमला पुन र मनिषा कुमारी चौधरीले पाँच लाख पाए । कास्य पदक जितेका मान बाहादुर श्रेष्ठले र दिलिप बहादुर सुनुवारले ३ लाख रुपैयाँ पाए । यता दुबै टोलिका प्रशिक्षक रहेकारुपेश कुमार बिष्ट ३ लाख रुपैयाँ पाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ