२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा

२४ पुष २०८१, बुधबार १६:२२

काठमाडौँ | अस्ट्रेलियाको पश्चिमी सिड्नीको पररामट्टामा बस्दै आएकी ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको मृत्युबारे स्थानीय प्रहरी अधिकारीले नयाँ तथ्य फेला पारेका छन् ।

६ दिनअघि गत बिहीबार एउटा भवनको सातौं तलाबाट खसेर उनको निधन भएको थियो । घटना हुनुभन्दा दुई घण्टा अगाडि आपतकालीन नम्बर ००० मा दीक्षा दाहालको अपार्टमेन्टबाट एक फोन गएको थियो ।

फोनमा पृष्ठभूमिको आवाज मात्र आएको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् । फोनको जवाफ नपाएपछि अधिकारीले पुनः सोही नम्बरमा कल गरेका थिए । त्यसपछि उक्त फोन उनका श्रीमान् लबिन्द्र सुवेदीले उठाएका थिए ।

तर, त्यसको दुई घण्टापछि घटनास्थल नजिकै एक व्यक्तिले उक्त अपार्टमेन्टको बाल्कोनीमा एक महिलालाई देखे । उनी दाहाल नै थिइन् ।

तत्काल ती व्यक्तिले पुनः आपतकालीन सेवामा फोन गरेर कसैले आत्महत्या गर्न खोजेको बताए । लगत्तै प्रहरी घटनास्थलमा पुगे तर, उनले हाम्फालिसकेकी थिइन् । त्यसपछि दाहाललाई तुरुन्तै अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीले घटनाको दुई घण्टाअघि आपतकालीन सेवामा आएको फोनको पृष्ठभूमिको आवाजका आधारमा श्रीमान्-श्रीमतीबीच झगडा भएको हुनसक्ने अनुमान गरेका छन् ।

झगडा भएकै कारण दाहालले आत्महत्या गरेको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि दाहालका पति सुवेदीलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, पछि उपस्थित हुने गरी उनी अहिले छुटिसकेका छन् ।

प्रहरीले यो घटनालाई जटिल अनुसन्धानको रूपमा व्याख्या गरेको छ । घटनापछि सुवेदीसँगै प्रहरीले अपार्टमेन्टका अन्य बासिन्दासँग पनि कुराकानी गरिरहेको छ ।प्रहरीका अनुसार यसअघि पनि यी दुवैको झगडा हुने गर्दथ्यो । २० दिन पहिला पनि दुवैको झगडा मिलाउँदै प्रहरीले आइन्दा यसो नगर्न चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ