२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट

२५ पुष २०८१, बिहीबार १२:०७

काठमाडौँ | जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो इनिङमा बागमती प्रदेश २ सय रनमा अलआउट भएको छ । बागमती ५० ओभरमा २ सय रनमा अलआउट भएको हो । योसँगै आर्मीले ७६ रनको अग्रता पाएको छ ।

पहिलो इनिङमा बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ८० बलमा दुई छक्का र एक चौकासहित ५१ रनको पारी खेलेका हुन् ।

यस्तै, शुभ कंशाकारले ३४, उत्तम थापाले २८, रित गौतमले २१, विपिन आचार्यले २०, प्रतिश जिसी र आशुतोष घिरैयाले ११/११ तथा कप्तान सन्दीप लामिछानेले १० रन जोडे ।

आर्मीका लागि आकाश चन्दले तीन, सोमपाल कामी, शाहब आलम र पवन कार्कीले दुई/दुई विकेट लिए । त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २७६/५ को स्थितिमा पारी समाप्तिको घोषणा गर्‍यो ।

उसका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । इमरानले १०४ बलमा ११ चौकाको सहयोगमा ७२ तथा बसिरले ६४ बलमा ८ चौकासहित अविजित ५३ रनको पारी खेलेका हुन् ।

यस्तै, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन जोडे । बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । आर्मी र बागमती दुवैले पहिलो म्याच ड्र खेलेका थिए । पहिलो खेलमा आर्मीले पुलिस तथा बागमतीले मधेश प्रदेशसँग ड्र खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’