२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’

२५ पुष २०८१, बिहीबार १४:०५

काठमाडौँ | सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन् ।

मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्णिमाले हत्या स्वीकार गरेर सल्यानका डीएसपी केशर न्यौपानेले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा आमाले हत्या स्वीकार गरेकी छन्, थप अनुसन्धान गर्दैछौं ।’

पुस २४ मा बिहान पूर्णिमाले छोरीहरू बिरामी भएको भनेर जेठानीलाई खबर गरिन् । छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो । त्यसपछि घटना प्रहरीसम्म पुग्यो । घटनास्थलमा खटिएका इन्स्पेक्टर नेतृत्वको टोलीले बच्चाको घाँटीमा डाम देखेपछि शङ्का गरे । डीएसपी न्यौपाने भन्छन्, ‘शङ्का लागेर आमालाई नियन्त्रणमा लियौँ ।’

१७ वर्षीया पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन् । नुवाकोटमा मजदुरी गर्ने टेकमान घर फर्किँदै छन् । टेकमानको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए ।

श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि हत्या गरेको पूर्णिमाले अनुसन्धान अधिकृतहरूसँग बताएकी छन् । उनले प्रहरीसँग भनेकी छन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ ।’ तर, टेकमान र उनको बिचमा झगडा भएको प्रमाण प्रहरीले फेला पारेको छैन ।

दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन् । घटनास्थल जिल्ला सदरमुकामबाट ४ घण्टाको दुरीमा पर्छ । टेकमान राना २५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित