७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखोलामा पक्की पुल निर्माण गर्न त्रिपक्षीय सम्झौता

३० असार २०७४, शुक्रबार ०९:३८

असार ३०, सोलुखुम्बु । सल्लेरी–खोरिया सडक खण्डस्थित सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने भएको छ । 

जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका र अपरसोलु हाइड्रोपावरबीच पुल निर्माण गर्ने विषयमा हिजो बिहीबार त्रिपक्षीय सम्झौता भएपछि पुल बन्ने पक्का भएको हो । 

कुल रु पाँच करोड एक लाख ६३ हजार ८२८ को लागतमा बन्न लागेको उक्त पुलको अपरसोलु हाइड्रोपावरले रु दुई करोड ५२ लाख ३८ हजार ३८६ जिल्ला समन्वय समिति सोलुखुम्बुबाट रु एक करोड ६९ लाख ५० हजार र सोलु दूधकुण्ड नगरपालिकाको रु ७६ लाख ७५ हजार ४११ लगानी रहने सहमतिसहित सम्झौता भएको जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

लम्बाइ ३१.२ मिटर र चौडाइ पाँच मिटर रहने उक्त पुलको क्षमता ५० टन रहने कार्यालयले जनाएको छ । २०७५ साल माघभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुलको बोलपत्र आह्वान तत्काल नगरपालिकाले गर्ने छ । 

पुल निर्माण सम्पन्न भएपछि जिल्लालाई राजधानीसँग सिधा जोड्न सकिनेछ । हाल जिल्लालाई राजधानीसँग जोडिएको ओखलढुङ्गा जन्तर धाप सडक खण्डमा पर्ने सिस्नेरी पहिरोका कारण जिल्लावासीले सास्ती खेप्दै आएका छन् । 

हिउँद् याममा समेत गाडी फस्ने समस्या झेल्नुपरेको जिल्लावासीले हाल सम्झौता भई निर्माण प्रक्रिया अगाडि बढाइएको पुल निर्माण सम्पन्न भएसँगै उक्त सास्तीबाट मुक्ति मिल्ने छ । 

जिल्लाको जोरबौद्धबाट खोरिया, टाप्टिङ हँुदै जन्तरधाप जोडिने उक्त सडकमा बन्न लागेको पुलनिर्माणपछि सोलु दूधकुण्ड, गोरा, केरुङ र टाप्टिङका नागरिकलाई सदरमुकामसम्म आवतजातको लागि समेत सहज हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण