असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीक"/>

2026-09-08 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपुरकोट गाउँपालिकाको बजेट २७ करोड ७ लाख

असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाइ प्राथमिकतामा राखेर प्रथम गाउँसभा मार्फत बजेट एवम् निती, कार्यक्रम प्रस्तुत गरीएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले २७ करोड ७ लाख ११ हजार १ सय २० रुपैयाँ ३३ पैसा बराबरको बजेट प्रस्तुत गरिन् । जसमा सामाजिक विकास तर्फ ३ करोड ७ लाख ४३ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ८८ लाख ९० हजार, आर्थीक विकास तर्फ ६१ लख ५० हजार र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८५ लाख ८० हजार रुपैया रहेको छ ।

गाउँपालिकाभित्रका विभिन्न बजारमा नगर प्रहरीको व्यवस्था गर्ने, जग्गा प्लटिङलाइ व्यवस्थीत गर्ने, आन्तरिक आम्दानीलाइ बढाउने तथा एकिकृत सम्पत्ती कर लागू गर्ने जस्ता निती तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएको छ ।

वर्षको दुइ पटक आमाको मुख हेर्ने र वाबुको मुख हेर्ने दिनमा ७५ वर्षमाथीका जेष्ठ नागरिकलाइ सम्मान गर्ने, सुत्केरि महिलालाइ न्यानो झोला वितरण गर्ने जस्ता कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले बनाएको छ ।

गाउँसभामा संक्षिप्त भनाइ राख्दै गाउँपालिका अध्यक्ष सेनले न्युन वर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमहरुलाइ प्राथमिकतामा राखिएको जनाए । सम्भावना र चुनौतीहरु पनि त्यत्तिकै रहेको कपुरकोट गाउँपालिकालाई नमुना बनाउन बजेटको कार्यान्वयन, आर्थिक चुवावट नियन्त्रण, जनताको सहभागिता तथा वडास्तरबाट योजना अनुसारको प्रगती हुनुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग