2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित

काठमाडौँ | तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्स पहिलो खेलमा पराजित भएको छ । गल्फ आइतबार राति सम्पन्न खेलमा शारजाह वारियर्सविरुद्ध तीन विकेटले पराजित भएको हो ।

यस खेलमा पहिला ब्याटिङ गरेको गल्फले शारजाहलाई १७५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य शारजाहले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो खेलमा दीपेन्द्रले भने मौका पाएनन् । उनी दोस्रोपटक यो लिग खेलिरहेका हुन् । दीपेन्द्र गत सिजनको आईएल टी–२० मा पनि गल्फमा आबद्ध थिए । यद्यपि उनले हालसम्म यस लिगमा डेब्यूको मौका भने पाएका छैनन् ।

यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध टिमले भने पहिलो खेलमै जित निकालेको छ । विजयी सुरुवात गर्नेक्रममा उनीआबद्ध डेजार्ट भाइपर्सले आबुधाबी नाइट राइडर्सलाई ७ विकेटले हरायो ।

आइतबार भएको यस खेलमा आबुधाबीले दिएको १६७ रनको लक्ष्य डेजार्टले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस खेलमा कुशलले भने प्लेइङ–११ मा मौका पाएनन् । उनी पहिलोपटक यो लिग खेलिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई