२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

२९ पुष २०८१, सोमबार १५:५२

काठमाडौँ | आइसीसी यू १९ महिला विश्वकप अघिको अभ्यास खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भएको छ । मलेसियामा वेस्टइन्डिजले दिएको ११० रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टोली १९.१ ओभरमा सबै विकेट गुमाएरु १०० रनमा समेटिन पुग्यो । नेपालका लागि नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रनको पारि खेलिन् । उनले १९ बल फेस गर्दा ३ चौका प्रहार गरिन् । यस्तै कप्तान पूजा महतोले १८ रन बनाउँदा २० बल खेलेकि थिइन् ।

उनको ब्याटबाट पनि ३ चौका आएको थियो । यसैगरी किरन कुँवर १८ रन बनाएर सनआउट हुनु नै नेपालका लागि दुर्भाग्य बन्यो । उनले १४ बलमा २ चौकाको मद्दतले १८ रन बनाएकी थिइन् । सोनी पाख्रीनले २३ बलमा १५ रन बनाइन् । ओपनर साना प्रविन पहिलो बलमै आउट भइन् भने अर्की ओपनर सावित्री धामी ५ रनमा आउट भइन् ।

केहीबेर पूजा र सोनीले पारि अघि बढाउने प्रयास गरे पनि धेरैबेर टिकेन ।

त्यसपछि ज्योत्सिनका मरासिनी र एलिसा यादव एक एक रनमा पभेलियन फर्किए । किरण र सिमानाले नेपाली टिमको आशा जीवितै राखेका थिए । तर किरण रनआउट भएपछि नेपाली पारि सम्हाल्ने जिम्मा सिमानाको काँधमा थियो । सिमाना १८.४ ओभरमा आउट भएकी थिइन् ।

उनी आठौं विकेटको रुपमा आउट भएपछि नवौं विकेटको रुप्मा अनु कडायत र कुशुम गोदार लगातार आउट भए ।

वेस्टइन्डिजका लागि एलिया वेक्सले,एमिह गिलबेट र तृसा हरदतले दुई दुई विकेट लिँदा केनिका कासरले १ विकेट लिइन् ।

नेपालका ३ खेलाडी रनआउटको शिकार भए ।

पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि कप्तान समारा रामनाथे सर्वाधिक २५ रन बनाइन् । उनले ३३ बल फेस गर्दा २ चौका प्रहार गरिन् ।

यसैगरी ओपनर एस्बी कालेन्डरले ३६ बलमा २३ रन बनाउँदा २ चौका प्रहार गरिन् । उनी रनआउट भएकी थिइन् ।

यस्तै जहारा क्लेस्टनले २६ बलमा २२ रनको नटआउट पारि खेलिन् । उनले २ चौका हिर्काइन् । यसैगरी एविगलि ब्रेएसले ११ बलमा १९ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

उनी पनि रनआउट भएकी थिइन् । नेपालका सिमाना केसी र रचना चौधरीले समान एक एक विकेट लिए । सिमानाले ४ ओभरमा १९ रन खर्चिदाँ रचनाले समान ओभरमा १७ रन दिइन् ।

यसैगरी कप्तान पूजा महतोले ४ ओभरमा ३२ रन दिइन् । उनी सर्वाधिक महँगो सावित भइन् । यसैगरी अनु कडायतले ४ ओभरमा १५ रन दिँदा रिया शर्माले ४ ओभरमा २० रन दिइन् । नेपालले ५ बलर प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो