2026-08-21 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा

टोरन्टो। क्यानाडाको ब्राम्पटन निवासी नेपाली मूलका शिशिर आचार्यले १० लाख क्यानेडियन डलरको चिट्ठा जितेका छन्। क्यानाडाका नेपालीले जितेको सम्भवतः यो नै हालसम्मको सबैभन्दा ठूलो धनराशिको चिट्ठा हो।

गत डिसेम्बर ३ मा भएको लोट्टो म्याक्स ड्रमा आचार्यले म्याक्समिलियन्स पुरस्कार जितेका थिए। चिट्ठा खोलिएको भोलिपल्ट अन्टारियो लटरी एण्ड गेमिङ कर्पोरेशन (ओएलजी) एपमा टिकट स्क्यान गर्दा आफुले जितेको उनले थाहा पाएका थिए।

‘पहिला विश्वासै लागेन। चिट्ठालाई सात–आठ पटक स्क्यान गरेर हेरें होला’, उनलाई उद्धृत गर्दै ओएलजीको विज्ञप्तिमा भनिएको छ, ‘पेटमा काउकुति लागेको जस्तो भयो र मेरो मुटुको धड्कन बढ्यो। मैले आफूलाई शान्त पार्न ध्यान गर्ने प्रयास गरें, तर पनि रातभर निदाउनै सकिन।’

लजिस्टिक क्षेत्रमा कार्यरत तीन सन्तानका बुबा आचार्य लामो समयदेखि नियमित चिट्ठा किन्ने गर्थे। यसअघि चिट्ठामा उनले सबैभन्दा धेरै एक हजार डलर पुरस्कार जितेका थिए।

‘जब चिट्ठा जितेको कुरा मैले श्रीमतीलाई सुनाएँ, खुसी र उत्साहका आँशु खसे’, आचार्यले भने, ूअब आफ्नो घर किन्ने सपना सम्भव भएको थाहा पाएर हामीले राहत महसुस गर्यौं।’

उनले आगामी दिनमा पनि नियमित चिट्ठा किन्ने उल्लेख गर्दै भने, ‘चिट्ठा किनिएन भने पुरस्कार पनि पर्दैन।’ -नेपाल टच’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ