2026-09-27 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौँ | भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । गत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द भएको छ।​

शुरुमा कोभिड महामारीका कारण भर्ती बन्द भएको थियो। त्यसपछि भारत सरकारको अग्निपथ योजनाप्रति असन्तुष्टि जनाउँदै नेपालले गोरखा भर्तीमाथि रोक लगाएको थियो। यो अवधिमा भारत र नेपालबीच यो विषयमा विभिन्न वार्ता भए पनि समाधान निस्किएको थिएन।

गोरखा भर्ती बन्द भएपछि दुई देशबीचको सम्बन्धमा असर परेको छ। चार वर्षसम्म नेपाल सरकारले कुनै जवाफ नदिएपछि भारतीय सेनामा गोरखा ब्रिगेडको भविष्य अनिश्चित बनेको छ।

यूरेशियन टाइम्सका अनुसार जनरल द्विवेदीले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्न अनुरोध गरेका छन्। जनरल द्विवेदीले भने, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। आशा छ‚ यो छिटै शुरु हुनेछ। हामीले नेपालसमक्ष आफ्नो प्रस्ताव राखेका छौँ‚ जवाफ पर्खिएका छौँ।’

यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्। सन् २०२२ मा भारतले अग्निपथ योजना शुरु गरेको थियो। त्यसमा चार वर्षका लागि मात्रै सैनिक भर्ती गरिन्छ। ७५ प्रतिशत अग्निवीर ४ वर्षपछि सेवानिवृत्त हुन्छन्।

नेपाल अग्निवीर योजनाको शर्तसँग सहमत छैन। नेपालले यसलाई त्रिपक्षीय भारत-नेपाल-बेलायत सम्झौताको उल्लंघन भएको ठान्छ।

भारतीय सेनामा गोरखाको भर्ती ऐतिहासिक वीरता र आपसी विश्वासमा आधारित छ। यो सदियौँदेखि प्रचलित छ। सन् १९४७ को त्रिपक्षीय सम्झौताबाट यसलाई औपचारिकता दिइएको थियो। यो सम्झौताले भारतीय र बेलायती सेनालाई गोरखा भर्ती जारी राख्न अनुमति दिएको थियो। यो सम्झौताका शर्तअनुसार ६ वटा गोरखा रेजिमेन्टहरू भारतलाई छुट्याइएको थियो।

हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। भर्ती बन्द हुनुअघि भारतीय सेनाले नेपालबाट वार्षिक १ हजार २ सयदेखि १ हजार ५ सय नेपाली भर्ना गर्ने गरेको थियो।

सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन। यसले भारतीय सेनामा गोरखा बटालियनमा उल्लेखनीय कमी आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह