२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरी गर्न गएका शहजादले एक करोड भारू मागे, सैफ अली खानसँगको झगडापछि साढे २ इन्च लामो छुरा हानेर भागे

६ माघ २०८१, आईतवार १७:१७

एजेन्सी | बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी नागरिक हुन सक्ने मुम्बई प्रहरीले जनाएको छ। आरोपितलाई आइतबार बिहान स्थानीय समयअनुसार ३:३० बजे पक्राउ गरिएको थियो।

त्यसको केही घण्टापछि जोन–९ का प्रहरी नायब आयुक्त दीक्षित गेडामले पत्रकार सम्मेलनमा आक्रमणकारी करिब ३० वर्षका रहेको बताए। उनको नाम मोहम्मद सरिफुल इस्लाम शहजाद रहेको उनले जानकारी दिए।

आरोपित शहजादसँग भारतीय कागजात छैन। उनी चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए।

प्रहरीका अनुसार, आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए। उनी पछि पुनः मुम्बई फर्किएका प्रहरीले जनाएको छ।

यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो। प्रहरीले यसअघि आरोपित पश्चिम बंगालका बासिन्दा भएको जनाएको थियो।

अभिनेता सैफमाथि बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार गरिएको थियो। सैफमाथि गएको बुधबार राति (बिहीबार बिहान) करिब २ः३० बजे आक्रमण भएको थियो।

अभियुक्त बंगलादेशी मूलका भएको आशंका गरिएको छ। यो मुद्दामा राहदानी ऐनसँग सम्बन्धित उपयुक्त धाराहरू आकर्षित भएका छन्। घटनाको समयमा अभियुक्त चोरी गर्ने मनसायले घरभित्र पसेका थिए, दीक्षित गेडामले भने।

आरोपितलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्ने र मुद्दाको अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

दीक्षित गेडाम भन्छन्, ‘अभियुक्त पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ। यसअघि उनले आफूलाई विजय दास भनेर चिनाएका थिए।’

उनी पाँच/छ महिनाअघि मुम्बई आएको बुझिएको छ। उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ।

आक्रमणमा सैफको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। उनको शरीरमा ६ चोट लागेको थियो। मेरुदण्डबाट साढे दुई इन्च लामो छुरा निकालिएको थियो। सैफ मुम्बईस्थित लीलावती अस्पतालमा उपचाररत छन्।

सैफमाथि आक्रमणपछि बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो। आक्रमणकारीलाई समात्न मुम्बई प्रहरीले २० टोली गठन गरेको थियो।

आरोपित सैफको घरमा कसरी पुगे र के गरे?
प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनका ती सिँढी प्रयोग गरेका थिए, जुन आगलागीको समयमा बच्न र बचाउन प्रयोग गरिन्छ।

प्रहरीले अनुसन्धानका क्रममा भवनको सीसीटीभी फुटेज हेरेको थियो। आक्रमणपछि सोसल मिडियामा एउटा फुटेज ‘भाइरल’ भएको थियो, त्यो सैफको भवनको भएको बताइएको थियो।

उक्त फुटेजमा एक पुरुषले खैरो कलरको टिसर्ट लगाएका देखिएको थियो। भिडियोमा ती व्यक्तिले स्कार्फ लगाएका र सिँढीबाट तल आर्लिरहेका देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, स्टाफ नर्स इलियामा फिलिप्सले प्रहरीलाई दिएको उजुरीमा आक्रमणकारीले एक करोड भारू मागेको बताएकी छन्। उजुरीमा उल्लेख भएअनुसार ती व्यक्ति सुरूमा सैफ र करिनाका कान्छा छोरा जेहको कोठामा पसेका थिए।

ती नर्सले प्रहरीलाई बताएअनुसार राति २ बजे उनले जेहको कोठाबाट कुनै आवाज सुनेको र बाथरूमको बत्ती पनि बलेको देखेकी थिइन्।

ती नर्सले भनेकी छन्, ‘म बाथरूममा को छ भनेर हेर्न उठेँ, त्यसपछि मैले एक दुब्लो मानिसलाई जेहको ओछ्यानतिर हिँडिरहेको देखेँ। त्यो व्यक्तिको देब्रे हातमा लट्ठी र दाहिने हातमा धारिलो ब्लेड थियो।’

उनले आफूलाई ब्लेडले नाडीमा प्रहार गरेको बताएकी छन्। उनले भनेकी छन्, ‘मैले उनलाई के चाहनुहुन्छ भनेर सोधेँ। उनले एक करोड रूपैयाँ भने।’

त्यसपछि सैफ र करिना पनि त्यहाँ पुगेका थिए। अनि, ती व्यक्तिले सैफमाथि आक्रमण गरे। सैफमाथि आक्रमण गरेपछि घरका बाँकी कर्मचारी पनि दौडिएर आइपुगेका थिए।

बयानका अनुसार, ती व्यक्तिले सैफसँग झगडा गर्न थाले। तर, केही समयपछि मुख्य ढोका खुला थियो र आक्रमणकारी भागेका थिए।

सैफ ३० वर्षदेखि बलिउड सिनेमामा काम गरिरहेका छन्। -बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य