2026-09-27 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरी गर्न गएका शहजादले एक करोड भारू मागे, सैफ अली खानसँगको झगडापछि साढे २ इन्च लामो छुरा हानेर भागे

एजेन्सी | बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी नागरिक हुन सक्ने मुम्बई प्रहरीले जनाएको छ। आरोपितलाई आइतबार बिहान स्थानीय समयअनुसार ३:३० बजे पक्राउ गरिएको थियो।

त्यसको केही घण्टापछि जोन–९ का प्रहरी नायब आयुक्त दीक्षित गेडामले पत्रकार सम्मेलनमा आक्रमणकारी करिब ३० वर्षका रहेको बताए। उनको नाम मोहम्मद सरिफुल इस्लाम शहजाद रहेको उनले जानकारी दिए।

आरोपित शहजादसँग भारतीय कागजात छैन। उनी चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए।

प्रहरीका अनुसार, आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए। उनी पछि पुनः मुम्बई फर्किएका प्रहरीले जनाएको छ।

यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो। प्रहरीले यसअघि आरोपित पश्चिम बंगालका बासिन्दा भएको जनाएको थियो।

अभिनेता सैफमाथि बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार गरिएको थियो। सैफमाथि गएको बुधबार राति (बिहीबार बिहान) करिब २ः३० बजे आक्रमण भएको थियो।

अभियुक्त बंगलादेशी मूलका भएको आशंका गरिएको छ। यो मुद्दामा राहदानी ऐनसँग सम्बन्धित उपयुक्त धाराहरू आकर्षित भएका छन्। घटनाको समयमा अभियुक्त चोरी गर्ने मनसायले घरभित्र पसेका थिए, दीक्षित गेडामले भने।

आरोपितलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्ने र मुद्दाको अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

दीक्षित गेडाम भन्छन्, ‘अभियुक्त पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ। यसअघि उनले आफूलाई विजय दास भनेर चिनाएका थिए।’

उनी पाँच/छ महिनाअघि मुम्बई आएको बुझिएको छ। उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ।

आक्रमणमा सैफको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। उनको शरीरमा ६ चोट लागेको थियो। मेरुदण्डबाट साढे दुई इन्च लामो छुरा निकालिएको थियो। सैफ मुम्बईस्थित लीलावती अस्पतालमा उपचाररत छन्।

सैफमाथि आक्रमणपछि बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो। आक्रमणकारीलाई समात्न मुम्बई प्रहरीले २० टोली गठन गरेको थियो।

आरोपित सैफको घरमा कसरी पुगे र के गरे?
प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनका ती सिँढी प्रयोग गरेका थिए, जुन आगलागीको समयमा बच्न र बचाउन प्रयोग गरिन्छ।

प्रहरीले अनुसन्धानका क्रममा भवनको सीसीटीभी फुटेज हेरेको थियो। आक्रमणपछि सोसल मिडियामा एउटा फुटेज ‘भाइरल’ भएको थियो, त्यो सैफको भवनको भएको बताइएको थियो।

उक्त फुटेजमा एक पुरुषले खैरो कलरको टिसर्ट लगाएका देखिएको थियो। भिडियोमा ती व्यक्तिले स्कार्फ लगाएका र सिँढीबाट तल आर्लिरहेका देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, स्टाफ नर्स इलियामा फिलिप्सले प्रहरीलाई दिएको उजुरीमा आक्रमणकारीले एक करोड भारू मागेको बताएकी छन्। उजुरीमा उल्लेख भएअनुसार ती व्यक्ति सुरूमा सैफ र करिनाका कान्छा छोरा जेहको कोठामा पसेका थिए।

ती नर्सले प्रहरीलाई बताएअनुसार राति २ बजे उनले जेहको कोठाबाट कुनै आवाज सुनेको र बाथरूमको बत्ती पनि बलेको देखेकी थिइन्।

ती नर्सले भनेकी छन्, ‘म बाथरूममा को छ भनेर हेर्न उठेँ, त्यसपछि मैले एक दुब्लो मानिसलाई जेहको ओछ्यानतिर हिँडिरहेको देखेँ। त्यो व्यक्तिको देब्रे हातमा लट्ठी र दाहिने हातमा धारिलो ब्लेड थियो।’

उनले आफूलाई ब्लेडले नाडीमा प्रहार गरेको बताएकी छन्। उनले भनेकी छन्, ‘मैले उनलाई के चाहनुहुन्छ भनेर सोधेँ। उनले एक करोड रूपैयाँ भने।’

त्यसपछि सैफ र करिना पनि त्यहाँ पुगेका थिए। अनि, ती व्यक्तिले सैफमाथि आक्रमण गरे। सैफमाथि आक्रमण गरेपछि घरका बाँकी कर्मचारी पनि दौडिएर आइपुगेका थिए।

बयानका अनुसार, ती व्यक्तिले सैफसँग झगडा गर्न थाले। तर, केही समयपछि मुख्य ढोका खुला थियो र आक्रमणकारी भागेका थिए।

सैफ ३० वर्षदेखि बलिउड सिनेमामा काम गरिरहेका छन्। -बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह