2026-10-09 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ विश्वकप : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा, दुई खेलाडी परिवर्तन

काठमाडौँ | मलेसियामा जारी तेस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले जितेर ब्याटिङ रोजेको छ । यी दुईबीचको खेल मलेसियाको युकेएम ओभलमा भइरहेको हो ।

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरिएको छ । आजको खेलमा नेपालले सोनी पाख्रिन र तृष्णा विकलाई विश्राम दिएर ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका हुन् ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्ड दुवै पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्ड अस्ट्रेलियाविरुद्ध ९ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डविरुद्ध जित निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो हुनेछ ।

यदि सोमबार हार बेहोरेमा नेपालको सुपर सिक्स यात्रा निकै कठिन बन्नेछ । त्यसो भएमा नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने समीकरण बन्न सक्छ । त्यसकारण नेपाली टिमले स्कटल्याण्डलाई हराउन कुनै कसर बाँकी राख्ने छैन ।

हालसम्म यी दुई टिमले महिला क्रिकेटमा एकअर्काको सामना गरेका छैनन् । सोमबार नेपाल र स्कटल्याण्ड पहिलो भेटमै जित निकालेर इतिहास रच्ने योजनामा पनि हुने छन् ।

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर–६ मा पुग्नेछन् ।

सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ । दुवै समूहका शीर्ष दुई/दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको प्लेइङ–११ : साना प्रविन, सावित्रा धामी, पूजा महतो (कप्तान), कृष्मा गुरुङ, किरनकुमारी कुवँर, अलिशाकुमारी यादव, ज्योत्सिका मरासिनी, रिया शर्मा, सिमाना केसी, रचना चौधरी र अनु कडायत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल