२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पाँचजना पक्राउ

७ माघ २०८१, सोमबार १४:११

धरान | सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । धरान सदन रोड बस्ने लालबहादुर राइका २१ वर्षीय छोरा रिजन राइको खुकुरी प्रहार गरि हत्या भएको हो ।

रिजनको हत्यामा सम्लग्न पाँचजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदिप तामाङलाइ पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।

आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी रिजनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।

गम्भीर घाइते रिजनलाई प्रहरीले तत्काल उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो। रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको अवस्था प्रहरीले भेटाएको डीएसपी तिमल्सिनाले बताए । उपचारका क्रममा रिजनको प्रतिष्ठानमै मृत्यु भएको उनले बताए ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक दिवस कुवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य