2026-06-24 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानको कारवाहीमा परे सन्दीप लामिछाने

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्।

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको हो।

गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।

‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘उनले क्यानको आचारसंहिताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको छ।’

क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ । क्यानले कारबाही गर्ने जानकारी पाएपछि सन्दीपले इमोसनल ब्ल्याकमेलिङ गर्न अर्को स्टाटस लेखेको बताइएको छ। उनले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै स्टाटस लेखेका थिए । पहिला सामाजिक सञ्जालमै लेखेको स्टाटसका कारण कारबाहीमा पर्ने भएपछि उनले अर्को स्टाटस लेखेका थिए ।

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक