2026-08-20 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट

काठमाडौँ | मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले राम्रो बलिङ सुरुवात गरेको छ । नेपालले तीन ओभरमा अस्ट्रेलियाको महत्वपूर्ण तीन विकेट लिएको छ ।

तीनवटै विकेट कप्तान पूजा महतोले लिएकी हुन् । उनले पहिलो ओभरको अन्तिम बलमा इनेस म्याकियोनलाई ८ रनमा बोल्ड गर्दै नेपाललाई ब्रेकथ्रू दिलाइन् । यस्तै, पूजाले नै २.२ ओभरमा अर्की ओपनर केट पेलेलाई तीन रनमा पवेलियन फर्काइन् ।

यस्तै, ३.५ ओभरमा लुसी ह्यामिल्टनलाई शून्यमै आउट गरिन् । नेपालले आज टस हारेर पहिला फिल्डिङ गरिरहेको हो ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध किरण कुँवरलाई विश्राम दिएर तृषना विकलाई मौका दिएको हो ।

नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेलिरहेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा ५ विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले स्तब्ध भयो । सुपर सिक्समा स्थान बनाउन नेपाल आज अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने दबाबमा छ ।

विश्वकपमा समूह ‘डी’ मा नेपालसहित बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, सामोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध