Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज बिहीबार सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।