2026-10-26 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार

काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको मलाक्का अध्यागमन विभागले ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ । अध्यागमन विभागले कानुन उल्लंघन गरेर फरार भएको भन्दै दिलबहादुर सिँजाली मगर र रबिना राईलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएका सिँजाली मगर र ०८३२२५१ भएका राईको खोजी तीव्र पारिएको छ ।

विभागले अन्तिमपटक उनीहरू मलेसियाको रुमा बेरलामत दी सी १–१४, रुमाह पङ्सा बचङ् जया, जलान तुन फातिमा, तमन बचङ जय, ७५३५० मेलका भन्ने स्थानमा देखिएको जनाउँदै अहिले उनीहरू बेपत्ता भएको जनाएको छ ।

उनीहरूमाथि त्यहाँको अध्यागमन विभाग एक्ट १९५९-६३ को बमोजिम अनुसन्धान भइरहेको बताइएको छ । उनीहरूको मलेसियाभर खोजीकार्य भइरहेको जानकारी दिँदै अध्यागमन विभागका उप–सहायक निर्देशक मुहम्मद जरिफ बिन रोस्लामले तत्काल अध्यागमन विभाग नेगेरी मेलाकामा ०६–२३२२६६२ एक्सटेन्सन १६९७ वा ०६–२३२२२५ कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध गरेका छन् ।

मलेसियामा साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेका छन् । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बस्ने, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले मुलुकको कानुन पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ । मलेसियाले पछिल्लो समय गैरकानुनी रूपमा बस्ने नेपालीसहित अन्य मुलुकका कामदारमाथि धरपकड गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने