2026-10-09 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ

काठमाडौँ | आइसिसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत प्लेअफको खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको झिनो लक्ष्य दिएको छ । जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भयो ।

उसका लागि नुरिमनले सर्वाधिक १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आयोजक मलेसियालाई सस्तैमा समेट्नेक्रममा कप्तान पूजा महतोले घातक बलिङ गरिन् ।

उनले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । योसँगै पूजा जारी विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको नम्बर वानमा उक्लिएकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् ।

यस्तै, मलेसियाविरुद्ध रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् । यस्तै, रिया शर्माले ४ ओभरमा एक मेडनसहित ५ रन दिएर एक विकेट हात पारिन् ।

यस्तै, सीमाना केसीले ४ ओभरमा ९ रन दिएर एक विकेट लिइन् । समूह चरणबाट बाहिरिसकेको नेपाल १३ औँदेखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेलिरहेको हो ।

विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् । यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल