२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा

२०८१, ११ माघ शुक्रबार १४:२४

काठमाडौँ | मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपिन् ।

प्रतियोगितामा पूजाले अहिलेसम्म ९ विकेट लिएकी छन् । आजको खेलअघि पूजा ५ विकेट लिएर सर्वाधिक विकेट लिनेको सूचीमा १६ औं स्थानमा थिइन् । आज चार विकेट थपेसँगै उनले छलाङ मारेर पहिलो स्थानमा उक्लिएकी हुन् । पूजाले बंगलादेश र स्कटल्यान्डविरुद्ध १–१ विकेट र अस्ट्रेलियाविरुद्ध ३ विकेट लिएकी थिइन् ।

यसअघि पहिलो स्थानमा श्रीलंकाकी चामुदी प्रबोदा थिइन् । उनले ३ खेलमा सात विकेट लिएकी छन् ।

यस्तै स्कटल्यान्डकी मैसी मसेरियाले पनि समान सात विकेट लिँदै दोस्रो स्थानमा छिन् । प्रतियोगितामा ६ जना बलरले समान ६ विकेट लिएका छन् ।

नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यसैले पूजाको खातामा अरु विकेट थपिने छैन । उनलाई अन्य बलरहरुले उछिन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा