Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रुपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले बढेको हो ।