शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दाल"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानका टेलिसेन्टरमा कार्यरत कर्मचारी विनाकाम तलव खाँदै

६ श्रावण २०७४, शुक्रबार ०६:५७


शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् । कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् ।

ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागी बजार मूल्य भन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन विग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभाव जस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहिन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जनाए ।

उनका अनुसार जिल्लामा ५ स्थानमा टेलिसेन्टर छन् । थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि ५ स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ ।

पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहिहरु टेलिसेन्टर सम्म नधाउने गरेको हुलाक अधिकृत भण्डारीले बताए ।

उनले भने– ‘हुलाकले सञ्चालन गरेका टेलिसेन्टर दिउँसो मात्र सञ्चालनमा आउने हुँदा पनि सर्वसाधारणको आकर्षण हुन सकेको छैन । कतिपय स्थानमा टेलिसेन्टर भन्दा निजी पहलमा खोलिएका सञ्चार सेवा प्रभावकारी भएपछि पनि हाम्रा टेलिसेन्टर प्रयोगविहिन बन्न थालेका हुन् ।’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहिन बन्दै गएको हो ।

नया प्रविधि सहित थप सुविधा विस्तार गर्न नसक्दा हुलाक सेवा तथा टेलिसेन्टर पनि प्रयोगमा आउने अवस्था छैन । टेलिसेन्टरमा काम गर्ने कर्मचारिहरुले पनि त्यत्तिकै तलव पचाइरहेका छन् भने लाखौँ मुल्यका उपकरणहरु विग्रदै गएका छन् । तर, राज्यले भने त्यसलाई कसरी प्रभाबकारी बनाउने भनेर खासै चासो देखाएको पाइदैन ।

सरकारले चासो देखाएर स्तारोन्नती गरे सहुलियत दरमा सेवा लिन सकिने अबस्था रहे पनि सरोकारवाला निकायको मौनताले टेलिसेन्टरहरुले स्थानीयलाई सेवा दिन सकेका छैनन् ।

स्थलगत अध्ययन नै नगरी इन्टरनेट सेवा नभएका स्थानमा पनि टेलिसेन्टर खोल्नु, समुदायलाई प्रयोगका लागि आकर्षण गर्न नसक्नु जस्ता कमजोरि रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता