२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार चौथो हार

२२ माघ २०८१, मंगलवार १५:५२

काठमाडौँ | नेपाल जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लगातार चौथो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

थाइल्याण्डले नेपाललाई दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २६, कबिता जोशीले २४, रोमा थापाले १९ र पुजा महतोले १८ रन बनाएकी थिइन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

थाइल्याण्डलाई कम रनमा रोक्न नेपालकी बलर मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरेकी थिइन् । मनिषाले थाइल्याण्डविरुद्ध ४ ओभरमा एक मेडनसहित १८ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले एक विकेट रनआउट समेत गरेकी थिइन् । थाइल्याण्डका लागि चानिदा सुथीरुआंगले सर्बाधिक २७ रन बनाएकी थिइन् भने थिपाटचा पुथावोंगले २५ रन बनाएकी थिइन् ।

योसहित थाइल्याण्ड सिरिजमा अपराजित हुदै चौथो जित हासिल गरेको छ भने नेपालले लगातार चौथो हार बेहोरेको छ । सिरिजमा अब नेपालले बुधबार नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना