काठमाडौँ | महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणीय सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाली कप्तान इन्दु बर्माले टस जितेकी हुन्।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भइरहेको यो त्रिकोणीय सिरिजमा नेपाल हालसम्म जितबिहीन छ। लगातार चारवटै खेल हारिसकेको नेपालका लागि अब बाँकी दुई खेल सामान्य प्रतिष्ठाको विषय मात्रै हुनेछन्। नेपाल आजको खेलमा पनि जितको लक्ष्यसहित नै मैदानमा उत्रेको छ।